नियम ४६
टाईप प्रमाणपत्रको मान्यता
ः
(१) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अख्तियार प्राप्त व्यक्ति वा संस्थाबाट कुनै वायुयानको सम्बन्धमा प्रदान गरिएको टाईप प्रमाणपत्रको मान्यता प्राप्त गर्न चाहने वायुयान निर्माता आपैmले वा वायुसेवा सञ्चालन गर्ने संस्थाले एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिँदा त्यस्तो वायुयानको डिजायन प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा त्यस्तो वायुयानको टाईप प्रमाणपत्रलाई मान्यता दिनेछ ।
(४) उपनियम (३) बमोजिम दिईएको मान्यता सम्बन्धित टाईप प्रमाणपत्रको अभिन्न अंग हुनेछ ।
(५) उपनियम (३) बमोजिम दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।